एनएमबि बैंक सञ्चालक समितिको अध्यक्षमा गोल्याण चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक सञ्चालक समितिको अध्यक्षमा गोल्याण चयन



काठमाडौँ । एनएमबि बैंक सञ्चालक समितिको अध्यक्षमा पवनकुमार गोल्याण चयन भएका छन् । पुस २४ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको थियो ।

सञ्चालक समितिको आइतबार बसेको बैठकले गोल्याणलाई अध्यक्षमा चयन गरेको जनाइएको छ । त्यस्तै सञ्चालकहरुमा संस्थापक समूहबाट निको पिल(एफएमओ, नेदरल्याण्ड्सको तर्फबाट), राजेन्द्र काफ्ले(कर्मचारी सञ्चय कोषको तर्फबाट), सर्वसाधारण समूहबाट योगेन्द्रलाल प्रधान, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे चयन भएको कम्पनी सचिव धु्रवप्रसाद अधिकारीले जनाएका छन् ।

प्रकाशित : २८ पुष २०७६, सोमबार ११:०५