सवारी लाइसेन्स लिन १८ वर्ष पूरा गरेको हुनुपर्ने ,लाइसेन्सको समय सीमा १० वर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सवारी लाइसेन्स लिन १८ वर्ष पूरा गरेको हुनुपर्ने ,लाइसेन्सको समय सीमा १० वर्ष

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्युनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको छ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारीचालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ। हाल पाँच वर्षमा गर्नुपर्ने नविकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन्।

विभागले मस्याैदा गरिरहेकाे साे ऐन प्रदेश सरकार र सराेकारवाला निकायसँगकाे छलफल गरी अन्तिम चरणमा रहेकाे हमालले बताए । उनले भने ‘सराेकारवाला निकायसँग छलफल गरेर विभागले उमेरहद बढाउने नयाँ व्यवस्था ल्याउन लागेकाे हाे ।’ कारोबार दैनिकबाट

प्रकाशित : २८ पुस २०७६, सोमबार ०८:४५ 13 January, 2020 8:45 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।