कुमारी बैंककाे बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

कुमारी बैंककाे बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । कुमारी बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ। बैंकले बुकक्लोजभन्दा अघिल्लो दिनसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो।

गत असोज ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २९ गते बुकक्लोज गरेको थियो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ

प्रकाशित : २७ पुस २०७६, आइतबार ११:२२ 12 January, 2020 11:22 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।