सनराइज बैंक काे ‘सनराइजइज रिकरिङ्ग खाता’ संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक काे ‘सनराइजइज रिकरिङ्ग खाता’ संचालनमा



काठमाडाै । सनराइज बैंक ले ‘सनराइजइज रिकरिङ्ग खाता’ संचालनमा ल्याएको छ । बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिने उक्त खातामा मुद्घति खाता सरह व्याज पाइने बैंकले जनाएको छ ।

१ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्न मिल्ने छ । खाता खोल्दा न्युनतम बचत १ हजार र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ ।

उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पनि जम्मा गर्न सकिनेछ । खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने समेत व्यवस्था रहेको बैंकले जनाएको छ । हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ ।

प्रकाशित : २७ पुष २०७६, आईतवार ११:१७