सेन्ट्रल फाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा



काठमाडाै । सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र फाइनान्सको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयर धनीहरुमा लाभांश वितरण हुनेछ । हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ ।

प्रकाशित : २५ पुष २०७६, शुक्रबार ११:४६