नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकको पदबाट अवकास भएपछि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त भएका थिए । । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रीपरिषद पठाएको थियो । मोरङका ढुंगाना २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकबाट जागिरे जिवन शुरु गरेका थिए । त्यसपछि २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

प्रकाशित : २२ पुष २०७६, मंगलवार ०९:४४