नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता



काठमाडौँ । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बीच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।

उक्त समझदारीपत्रमा नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्तारक्षर गरेका छन् ।

सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएकाे छ ।

प्रकाशित : २० पुष २०७६, आईतवार १४:४५