काठमाडाै । कृषि बिकास बैंक ह्याकिंङ प्रकरणका फरार व्यक्ति पक्राउ परेका छन। ह्याकिंङ गरेको एक करोड रकम सहित फरार रहेका ४३ बर्षीया दिपक नेपाल नाम गरेका उनलाई पुष १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दिपक नेपाललाई महानगरीय अपराध महाशाखाको बिशेष अनुसन्धान टोलिले पुष १८ गते पक्राउ गरि आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन।
नाईजेरियन र भारतिय नागरिकहरुसँग लामो समय देखि भारतको मुम्बई साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरि लैजाने योजना बनाइ बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको ‘क्रेडेन्सियल ह्याकिंङ’ गरि रकम निकाली ठगि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।





Comment