स्वाभिमानले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वाभिमानले बोलायो साधारणसभा



काठमाडाै । स्वाभिमान लघुवित्तले साधारणसभा बोलाएको छ । सभामा लाभांश लगायतका विभिन्न १२ प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफ बाट लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर तथा १.२७ प्रतिशत नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले बोनस वितरण पश्चात ३३.३३ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव समेत गरेको छ । साथै कम्पनीले मर्जर वा प्राप्तिमा जाने निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने, संचालकओ भत्ता वृद्धि गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभाले २ जना संचालकको निर्वाचन गर्ने छ भने स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ६ करोड १८ लाख ६१ हजार रहेको छ । कम्पनीले माघ १० गते शुक्रबारको लागि बुटवलको डार्सिस इन्तेर्नेश्नल होटेलमा सभा गर्नते बताएको छ ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार ११:४१