सनराइज बैंकको ग्राहकलाई सांग्रीला होटलमा बिशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको ग्राहकलाई सांग्रीला होटलमा बिशेष छुट



काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले सांग्रीला होटलमा बिशेष छुट पाउने भएका छन् ।सनराइज बैंक लिमिटेड तथा होटल सांग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले फुड, वभेरेज, बेकरी, साउना तथा स्वीमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन्।

प्रकाशित : १६ पुष २०७६, बुधबार १८:१६