सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य, पर्यटन क्षेत्रमा लाभ पुग्ने अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य, पर्यटन क्षेत्रमा लाभ पुग्ने अपेक्षा



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले हाल विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक जस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए.टी.एम र पोइन्ट अफ सेलमार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ ।

सर्वसाधारणलाई विश्वस्तरिय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो ए.टी.एम मा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने ए.टी.एमहरु नेपालमा न्यून रहेका छन् । सनराइज बैंकको यस सेवाले पर्यटकहरुलाई ए.टी.एम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ । अत्याधुनिक पेमेन्ट सिस्टमसहित नविनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ ।

प्रकाशित : ७ पुष २०७६, सोमबार १३:५१