युनाईटेड फाइनान्सको शाखा काठमाण्डौंको गोठाटारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाईटेड फाइनान्सको शाखा काठमाण्डौंको गोठाटारमा



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा शाखा विस्तार गरेको छ । विस्तारित शाखासँगै फायनान्सको शाखा संख्या २३ पुगेको छ ।

युनाईटेडले संचालनमा ल्याएको उक्त शाखाको फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले एक कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा उद्घाटन गरेका छन ।

युनाईटेडले सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्राएको छ ।

फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस सेयर तथा ७ दशमलब ५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।

प्रकाशित : ४ पुष २०७६, शुक्रबार १९:२४