प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा



काठमाडाै । प्रभु बैंकले सर्लाहीको मलंगवा नगरपालिका ०९ स्थित मलंगवा बजारमा शाखा सञ्चालनमा ल्याएको छ । मलंगवा नगरपालिकाका मेयर निरसल साहले उक्त शाखाको उद्घाटन गरे ।

उक्त शाखाबाट बैंकको सेवा लिएर स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभांवित हुने बैंकको विश्वास छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १५:२९