महुली लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महुली लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २६ गते



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस २६ गते सातौ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले २० प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन सहित ११ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।


कम्पनीले हाल कायम चुक्तापूँजी १० करोड २० लाखको आधारमा लाभांश दिन लागेको हो । मर्जर तथा प्राप्ती सम्बन्धी विषयलाई समेत अघि सार्दै कम्पनीले यसका लागि सबै जिम्बेवारी सभामार्फत सञ्चालक समितिलाई दिने कार्यक्रम पनि तय गरेको छ । साधारण सभा र लाभांशका लागि पुस १४ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १४:४५