गुडविल फाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुडविल फाइनान्सको लाभांश घोषणा



काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कर सहित १० प्रतिशतले हुन् आउने ८ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रहेको छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार ११:०७