प्रोग्रेसिभ फाइनान्सको २३ औं वार्षिक साधारण सभा पुस २८ गते बस्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रोग्रेसिभ फाइनान्सको २३ औं वार्षिक साधारण सभा पुस २८ गते बस्ने



काठमाडौं / प्रोग्रेसिभ फाइनान्सको २३ औं वार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा बनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि प्रोग्रेसिभले पुस २० देखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

साधारण सभा, ज्यापु प्रज्ञा भवन भोलगणेश, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा यससम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

प्रकाशित : २ पुष २०७६, बुधबार १४:४९