नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्जमा (नेप्सेमा) आज दुई कम्पनीको झण्डै १२ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्स र वोमी माइक्रोफाइनान्सले उक्त शेयर सूचीकृत गराएका हुन् ।


सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
नेप्सेमा बेष्ट फाइनान्सको १ लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर र वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १६:०६