तपाईकाे खातामा मेगा बैंककाे नगद लाभांश आयाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तपाईकाे खातामा मेगा बैंककाे नगद लाभांश आयाे ?



काठमाडौं / मेगा बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाइसकेको छ । बैंकले साधारण सभा भएकै दिन (कात्तिक २९ गते) बाट डिम्याट खाता र बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गर्न थालेको जानकारी दिएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न अनुराेध गरेकाे छ । अपडेट भएपछि मात्र खातामा लाभांश आउनेछ ।

मेगा बैंकको गत कात्तिक २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ११.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १४:४४