युनाइटेड मोदी हाइड्रोपावरकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड मोदी हाइड्रोपावरकाे लाभांश घोषणा



काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई कर सहित ८.४२ प्रतिशतले हुन् आउने ९ करोड ६८ लाख ३० हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

कम्पनीले पुस २४ गते बिहिबार त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा साधारणसभा आह्वान गरेको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १४:१३