सनराइज बैंकको ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको ऋणपत्र बाँडफाँड



काठमाडौं । सनराइज बैंकले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्ण बिक्री भएको छ । १०.२५ प्रतिशत ब्याज प्रदान गरिने उक्त ऋणपत्र सर्वसाधारण निष्कासनको तर्पmबाट ४ लाख ५३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट २५ लाख ४६ हजार १७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाँडफाँड शुक्रबार गरिएको थियो ।
बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४७ वटा एटीएममार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १०:५०