निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता रू. ७७८ दशमलव ४० तोकेको हो ।


कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ३० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजका आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन ।

यस वर्ष २५ प्रतिशत बोनस शेयर सहित कम्पनीले बोनस शेयर कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार ११:४३