आईएमई जनरल इन्स्योरेन्सकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमई जनरल इन्स्योरेन्सकाे लाभांश घोषणा



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ६ प्रतिशतले हुन् आउने ६ करोड १२ लाख ३६ हजार बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रहेको छ । 

प्रकाशित : २९ मंसिर २०७६, आईतवार १२:१७