प्रभु इन्स्योरेन्सले लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्सले लाभांश वितरण गर्ने



काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको बिहिवार अपरान्ह बसेको ३७८ औं बैठकले कूल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

आगामी २४ औं साधारणसभाको प्रस्तावको रुपमा ११ दशमलव ३२ प्रतिशत नगद र चुक्ता पुँजिको ५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीले लाभांश सहितको वित्तीय विवरण बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । बीमा समितिबाट स्वीकृत तथा आगामी साधारणसभाबाट पारित भएपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुको लागि वितरण गरिनेछ ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार १२:३५