मञ्जुश्री फाइनान्सले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाइनान्सले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । मञ्जुश्री फाइनान्सले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ। हाल फाइनान्सको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ। 

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार १४:०९