कामना सेवा विकास बैंकले बोलायो साधारण सभा , लाभांश पारित गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकले बोलायो साधारण सभा , लाभांश पारित गर्दै



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड प्रतिशत नगद लाभांश पारित गर्न पुस १७ गते १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

बैंकले गत आवको मुनाफाबाट ६।८ प्रतिशत नगद लाभांश ९कर सहित ० वितरण गर्ने घोषणा गर्ने भएको छ। साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै मर्जर अथवा एक्विजिसन प्रयोजनको लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लेखापरीक्षक नियुक्ति प्रस्ताब पनि पारित गर्ने छ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर ३० गते देखि पुस १७ गतेसम्मको लागि बुक क्लोज गर्नेछ । मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सो लाभांश प्राप्त गर्न योग्य हुनेछन्। सभा डिल्लीबजार, काठमाडौंमा बिहान ११ सुरु हुने भएको छ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार ११:४१