नेपाल बंगलादेश बैंक मर्जरमा जाने,१२ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेश बैंक मर्जरमा जाने,१२ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल बंगलादेश बैंकले मर्जर र प्राप्ति प्रक्रिया अघि बढाउने भएको छ । मर्जर र प्राप्ति प्रक्रिया अघि बढाउन बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गराउने भएको छ ।

आगामी पुस ७ गते बस्ने २५ औं वार्षिक साधारणसभामा मर्जर र प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । 

सभाले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सेयरधनीलाई ७ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव बैंकको छ ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार १२:५६