डेढ दशक नपुग्दै ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डेढ दशक नपुग्दै ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक



काठमाडाैं । स्थापनाको डेढ दशक नपुग्दै मुलुकका पुराना बैँकहरुलाई पछि पारेर ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक बनेको छ।

जनता विकास बैँकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबारबाट ग्लोबल आइएमई बैँकले संयुक्त कारोबार सुरु गर्ने खबर भएकाे हाे । मर्जसँगै ग्लोबल बैँकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैँकले बिग मर्जरको चर्चा अघि बढाइरहँदा गम्भीरतापूर्वक मर्जरलाई अघि बढाउने एकमात्र बैँकका ग्लोबल आइएमई बनेको छ। यसले जनतासहित १८ बैँक तथा वित्तिय संस्थालाई एकआपसमा मर्ज गराइसकेको छ। मर्जपछि बैँकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रुपैयाँ बराबर पुगेको छ।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार ०८:०१