एन आई सी एशिया बैंकको नयाँ काउण्टर कपिलवस्तुको कृष्णनगरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एन आई सी एशिया बैंकको नयाँ काउण्टर कपिलवस्तुको कृष्णनगरमा



काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ काउण्टर कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका थिए ।

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहक महानुभावहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकका मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार २१:४८