यी हुन विप्लवको निशानामा परेका मन्त्रीहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यी हुन विप्लवको निशानामा परेका मन्त्रीहरु



काठमाडौं । नेपाल सरकारका केही मन्त्रीहरूको सुरक्षा खतरामा परेको छ ।

सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी ओली र प्रचण्ड निकटका मन्त्रीहरूलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ ।घटना र विचार साप्ताहिकले यो समाचार छापेकाे छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार ०७:५६