अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लि. र एन.आई.सी. एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एन.आई.सी. एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार ०७:३५