ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा बन्द हुने



काठमाडाै । ग्लोबल आइएमई बैंकले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ ।

जनता बैंकलाई गाभेर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेको बैंकले दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ ।

बैंकका अनुसार मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द रहने छ ।

मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाएको छ । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकले जनाएको छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार २०:०१