एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता



काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरूले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरूले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १७:०६