कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरमा



काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा सोमबारे १०४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।

वडाका अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिए।

बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा एटिएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : 3 December, 2019 12:38 pm