नबिल बैंकले संचालनमा ल्यायो ‘नबिल ग्राहक सेवा केन्द्र’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकले संचालनमा ल्यायो ‘नबिल ग्राहक सेवा केन्द्र’



काठमाडौं आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ संचालनमा ल्याएको छ ।
नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ । नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दु (Single touch point) को रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्तले सुसज्जित हुनेछ र यसले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नेछ ।
ग्राहक सेवा केन्द्रले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा बिदेश मा रहनुभएकोका ग्राहकबर्गहरूलालाई सुचना आदानदन प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्त गर्ने,छ ।
ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको customer service delivery लाई थप सुधार गर्ने,र्नुका साथै र customer experience लाई अझ परिस्कृत सुद्रीढ बनाउनका लागि बल प्रदान गर्ने” कुरा बताउनु भयो ।
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेकाछन । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ र यसले ग्राहकको सन्तुष्टीि सहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो ब्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार २१:४७