सनराइज बैंकको १२५औँ शाखा परासीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको १२५औँ शाखा परासीमा



काठमाडाै । सनराइज बैंकले नवलपरासी स्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै बचतलाई बैंक मार्फत लगानी गर्न प्रोत्साहन गर्नु भयो ।
सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्तरुपमामा शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

हालसम्म बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार १६:०५