बैंकर्स संघको अध्यक्ष भुवन दाहाललाई बनाउने सहमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकर्स संघको अध्यक्ष भुवन दाहाललाई बनाउने सहमती



काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल नेपाल बैंकर्स संघको अध्यक्ष बन्ने भएका छन् । संघको आगामी साधारण सभाबाट दाहाल अध्यक्ष बन्न लागेका हुन् ।

संघको नयाँ नेतृत्वका लागि मंसिर १७ गते मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ । साधारण सभा भने मंसिर १९ गते बिहिबार हुनेछ । हाल नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बैंकर्स संघको अध्यक्ष छन् ।

बैंकर्स संघका एक पूर्व अध्यक्षले दिएको जानकारी अनुसार दाहाललाई अध्यक्ष बनाउन सबै जसो बैंकका सिइओहरु सहमत भइसकेका छन् ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार ०८:२०