प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्कासन गर्ने



काठमाडौं। प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्कासन गर्ने भएको छ । प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक ३/३ महिनामा ब्याज भुक्तानी हुने गरी २ अर्ब रुपैयाँ बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ नामक ऋणपत्र सार्वजनिक गरी निष्काशन गर्न लागेको हो।


बैंकले डिबेञ्जर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ ।


सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १२ मंसिर २०७६, बिहीबार ११:३५