नक्कली चेक र हस्ताक्षर प्रयोगमा ठुलो गिरोह सक्रिय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नक्कली चेक र हस्ताक्षर प्रयोगमा ठुलो गिरोह सक्रिय



काठमाडाै । नक्कली चेक र हस्ताक्षर प्रयोग गरी जनता बैंकको खाताबाट लाखौ रकम निकाल्ने ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले सार्वजनिक गरेको छ ।

बैंक खातावालाको नाम र हस्ताक्षर बटुल्टै नक्कली काम गरेर बैंकबाट पैसा निकाल्ने गरेको एउटा ठुलो गिरोह प्रहरी फन्दामा परेको छ । नक्कली सिग्नेचर गरेर बैंकबाट लाखौं रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले बैकमा खाता रहेका विभिन्न व्यक्तिहरूको चेकमा रहेको सिग्नेचर चोरी गर्ने, चेक हराएको भन्दै नयाँ चेक निकाल्ल्ने र सोही चेकबाट रकम निकाल्ने गरेको पाइएको छ । खातावालको नाम र सिग्नेचर पत्तत्त लगाउँदै यस्तो काम गर्दे गरेको तथ्य बाहिरिएको हो । खातावालहरुको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

जनता बैंकका खातावाल गोपालमान राजबाहकको नामबाट चेक साटीएका म्यासेजहरु आएपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी राष्ट्र बैंकको सहयोगमा गिरोह समातेको हो ।

पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन् । उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

उनीहरुले १ सय ९५ जनाको विभिन्न बैंकका स्टेटमेन्ट र हस्ताक्षर बटुलेको खुल्न आएको छ । उनीहरुले जनता बैंक, ज्योती विकास बेंक, एनआइसी एशिया बैंक लगायतका बैंकहरुमा ग्राहकको पहिचान बटुली ग्राहककै हस्ताक्षरमा चेकबुकहरु तयार गरीरहेको खुल्न आएको छ । काटिएको अवस्थाका चेक, चेकबुकहरु पनि बरामद गरिएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार २१:५९