सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बिच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बिच सहकार्य



काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धरा, बिच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार २०:४७