एन आई सी एशिया क्यापिटल मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified संस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एन आई सी एशिया क्यापिटल मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified संस्था



काठमाडाै । एन आई सी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 Certified प्राप्त गरेको छ । जसले एन आई सी एशिया क्यापिटल लिमिटेडसंग आवद्ध ग्राहकहरुलाई सिघ्र, सुविधाजनक, उच्चतम गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुस्टी गर्दछ ।

एन आई सी एशिया क्यापिटल लिमिटेड ISO 9001:2015 Certified प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको छ । उक्त प्रमाणपत्रको प्राप्ती संगै हामीले गुणस्तरीय सेवाहरु प्रदान गर्नुको साथै हाम्रो सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटो छरितो र उच्च कोटीको सेवा प्रदान गर्न क्यापिटल सदैव प्रतिबद्ध रहेको छ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार १९:३४