सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडाै । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो।

ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ। बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा मंसिर १ गते आवेदन दिएको हो।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार १२:५६