डाक्टरले गोप्य अंग समाए पछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

डाक्टरले गोप्य अंग समाए पछि…



ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । ‘अस्पतालमा जँचाउन आएकी एक महिलालाई उनले जबरजस्ती गरेछन्’ राईले भने ‘जँचाउने बहानामा गोप्य अंगमा हात पुर्‍याएको महिलाले आरोप लगाएकी छन् ।’ महिलाले आइतबार राति नै प्रहरी प्रशासनमा यस्तो आरोप लगाएकी थिइन् ।’

यस्तो घटना लगत्तै मेडिसिटी अस्पतालले भने डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ । अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका उनलाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार ०८:०४