प्राइम कमर्शियल बैंकले बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्शियल बैंकले बोनस दिने



काठमाडाै । प्राइम कमर्शियल बैंकले लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा रहेका कारण कर छुटको उपयोग गर्दै बैंकले बोनस मात्र बितरण गर्ने निर्णय गरेको हो ।

अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख रुपैंया पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट पनि बैंकले लगानीकर्तालाई १६ प्रतिशत नै बोनस बितरण गरेको थियो ।

प्रकाशित : ९ मंसिर २०७६, सोमबार ११:५८