प्रभु बैंकको बोनस र प्रबन्ध पत्रमा शेयर स्वामित्व संरचना परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको बोनस र प्रबन्ध पत्रमा शेयर स्वामित्व संरचना परिवर्तन



काठमाडौं । प्रभु बैंकको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस र प्रबन्ध पत्रमा शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय पारित गरेको छ ।

बैंकको १८औं वार्षिक साधारण सभाले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।

साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्पm कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन÷परिवर्तन प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको संस्थापक समुह तर्पm ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन÷परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार २१:०२