अब माछापुच्छ्रे बैंकका शाखाबाट सजिलै अष्ट्रेलियन डलर प्राप्त गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब माछापुच्छ्रे बैंकका शाखाबाट सजिलै अष्ट्रेलियन डलर प्राप्त गर्न सकिने



काठमाडौ । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझसहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगदआयात गरी ग्राहकलाई बिक्रीशुरु गरेको छ । हालबजारमारहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकल ेविदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।


विदेश जाने नेपालीहरुले विदेशको भिसा लागे पछि अधिकतम १,५०० अमेरिकीडलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्तगर्न सकिरहेका छैनन् ।

सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमालिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्र रहेका निम्नशाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।

यी शाखामा छ सुविधा

बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्धगराउने व्यवस्था मिलाएको छ ।


माछापुच्छ«्रे बैंकले आफ्ना१४४ वटा शाखाहरु, १३७शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा२८१ स्थानमा रहेका सेवा सञ्जालतथा १७० वटा एटीएमहरु मार्फत बाट सुविधा दिइरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १७:२६