खतिवडा नहट्दा सुस्ताए लगानीकर्ता, नेप्से ७ दशमलव ७४ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

खतिवडा नहट्दा सुस्ताए लगानीकर्ता, नेप्से ७ दशमलव ७४ अंकले घट्यो



काठमाडाै । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेपाल स्टक एक्सचेन्च ७ दशमलव ७४ अंकले घटेर कारोबार बन्द भएको छ। यस साताको पााचै दिन नेप्सेमा गिरावट आएको छ भने आज साताकै उच्च गिरावट भएको हो । साताभरिमा कूल १५ दशमलव ३४ अंकले नेप्से झरेको छ।

Stock price declining

यस दिन १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर ५ हजार ६७२ पटकको कारोबार हुँदा २९ करोड ७७ लाख ९७ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।

बिहीबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ब्यापार सूचक ७ दशमलव ४६ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड र अन्य उपसमूहको सूचक सामान्य सकारात्मक रह्यो भने बाँकी ९ सूचक ऋणात्मक रहेका छन् ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १६:३०