५१ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

५१ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ५१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।

बिहिबार २ वटा कम्पनीको गरि कुल ५१ लाख ९९ हजार ६ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत गराउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जनउत्थान सामुदायिक लघुवित्त रहेका छन् ।

लाइफ इन्स्योरेन्सको ५१ लाख ५१ हजार ६ सय १२ कित्ता र जनउत्थानको ४८ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १५:०१