काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ओली नै निरन्तर हुने निर्णय गरेको छ ।
योसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुंगिएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ। प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो।’उनले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताए ।
Comment