सर्वसाधारण ठग्ने एनआइशी एशियाको योजना असफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सर्वसाधारण ठग्ने एनआइशी एशियाको योजना असफल



काठमाडाै । एनआइशी एशियाले गलत विज्ञापन गरेर सर्वसाधारणहरुलाई ठग्ने गरेको पुष्टि भएको छ । बैंकले सर्वसाधारणलाई झुक्काएर ९.७५ प्रतिशत बचमा ब्याज दिने भन्दै झुक्याउन खोजेको खुल्न आएको हो ।

सोमबार बैंकले निक्षेपमा आकर्षण व्यादरका साथमा सार्वजनिक गरेको “सुपर चमत्कारिक मासिक निक्षेप खाता” राष्ट्र बैंक र बैकर्स एसोसिएसनाको दवावका कारण योभन्दा पहिला सार्वजनिक गरेको निक्षेप योजनाको अगाडि सुपरमात्र थपेर आज विज्ञप्ति जारी गरेको छ ।

बैंकले सोमबार जारी गरेको विज्ञप्तिका सम्वन्ध यस्तो स्पष्टिकरण दिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरीएको छ ।

बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ । आम जनमासहरुलाई सजिलोसंग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको हो ।’

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १२:१०