नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.६४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्तावित लाभांशलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा मंसिर २९ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । सो प्रयोजनको लागि मंसिर १३ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड रुपैयाँ नाघ्ने छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १९:३६